१८ माघ, २०८१ शुक्रबार
02:31:49 PM
२६ भदौ, २०७९
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ गहतराजले युवाहरुलाई मुलुकको समृद्धि र विकासका लागि जोड्नुपर्ने बताउनुभएको छ । उहाँले मुलकुका प्रचुर सम्भावना रहेको प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोचको आवश्यकता भएको र त्यो युवाहरुबाटै सम्भव रहेको बताउनुभयो ।
बागमती प्रदेशको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशिलता सम्मेलन’को उद्घाटन समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
मुलुकको आर्थिक विकासका लागि नयाँ राजनीतिक सोचको आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री गहतराजले शिक्षा, स्वास्थ्य, पर्यटन, स्पोट्स सबै क्षेत्र सम्भावा भएको क्षेत्र रहेको तर त्यसका लागि नयाँ राजनीतिक सोचका साथै भिजनेवल नेतृत्वको हातमा राजनीतिक प्रणाली जानुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री नेकपा माओावदी केन्द्का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो । जारी सम्मेलनमा ५ जिल्लाका युवा उद्यमी तथा उद्यमी बन्न चाहने युवाहरुको सहभातिगा छ । सम्मेलनको एसोसिएट पाटनरमा नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्ड लिंक रहेको छ । सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । डेभलभमेन्ट पाटनर्समा गुड नेइबर्स इन्टरनेशनल, प्लान इन्टरनेशनल, र विश्व बन्यजन्तु कोष रहेको छ ।
एकेडेमिक पाटनरमा युनिग्लोब कलेज, आइटी पाटनरमा इन्फो डेभ्लपर्स, बैंकिंग पाटनरमा कामना सेवा विकास बैंक, कार्ड पेमेन्ट गेट वे पाटनरमा हिमालयन बैंक, टेलिकम्युनिकेशन पाटनरमा नेपाल टेलिकम, स्टाटेजिक पाटनरमा विशाल फाउन्डेसन, इन्सुरेन्स पाटनरमा नेपाल लाइफ इन्सुरेन्स तथा सहयोगी पाटनरमा कृषि विकास बैंक र नागरिक लगानी कोष रहेको छ ।