१४ फागुन, २०८१ बुधबार

11:38:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरले गर्‍यो लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

२६ भदौ, २०७९

महानगरले गर्‍यो लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पलाई सिल गरेको छ । अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।

पटक पटक उक्त संरचना हटाउनका लागि महानगरले आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो। अति संवेदनशिल क्षेत्र भएकाले पम्पलाई हाल सिल गरिएको र विस्तारै पम्प रहेको संरचनालाई हटाइने महानगरपालिकाले जनाएको छ ।