९ मंसिर, २०८१ आइतबार

12:24:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राहदानी वितरणबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

२६ भदौ, २०७९

राहदानी वितरणबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८।७९ मा ४ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८।७९ तनहुँ जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ ।

संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।