७ जेठ, २०८१ सोमबार

03:52:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकासविद् डा. आरसी लामिछानेको ‘हामी सबैले सक्दछौँ’ गीत बजारमा

६ माघ, २०७८

विकासविद् डा. आरसी लामिछानेको ‘हामी सबैले सक्दछौँ’ गीत बजारमा

काठमाण्डौ । 
विकासविद् तथा सकारात्मक सोच विस्तारका लागि सक्रिय डा. आरसी लामिछानेले आफ्नै शब्दमा हामी सबैले सक्दछौँ बोलको उत्प्रेरक गीत सार्वजनिक गर्नु भएको छ ।
सबैलाई सफल जीवनमा सकारात्मक काममा लाग्न उत्प्रेरणा दिदैँ जीवनमा हामी सबैले केही न केही सफल काम गर्न सक्छौँ भन्ने भाव गीतले बोकेको छ ।

मानिसमा भएको निराशा र नकारात्मक सोँचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुने विश्वास लामिछानेले व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराव नेपालका पूर्व कार्यकारी निर्देशकसमेत रहनु भएका लामिछानेले लेख्नुभएको गीतमा गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले स्वर दिनुभएको छ भने लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गर्नु भएको छ ।
मानिसमा भएको निराशा र नकारात्मक सोँचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुने विश्वास लामिछानेले व्यक्त गर्नुभयो ।
करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिदै आउनु भएका लामिछानेले केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गर्नु भएको छ ।
नेपालमा मात्रै होइन चीन, भारत, बंगालादेश, फिलिपिन्स लगायतका देशहरूमा प्रशिक्षकको रुपमा उहाँले सकारात्मक सोँच र प्रशंसनीय खोजसम्बन्धी तालिम सञ्चालन गर्नु भएको छ ।
लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्न सक्नुहुने छ । 

https://www.youtube.com/watch?v=vdW_-3OWkHk