१८ माघ, २०८१ शुक्रबार
02:49:46 PM
२६ भदौ, २०७९
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले अबको कान्ति कृषिसँग आर्थिक कान्ति रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ मा प्रमुख वक्ताको रुपमा बोल्दै गोल्यानले युवा उद्मीहरुले नै त्यसको नेतृत्व गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले नेपालमा कृषिको धेरै सम्भावना रहेको बताउँदै कृषिमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको छ । साथै, गोल्यानले कृषिको बजारीकरणमा केही समस्या परेमा युवाहरुसँग आफु पनि हातेमालो गरेर अगाडी बढ्ने बताउनुभएको छ ।
नेपालमा केही व्यवसाय गरेर त्यसमा असफल भइयो भन्दैमा उक्त व्यवसाय छाडेर जान नहुने बताउँदै उहाँले कडा परिश्रम गरे सफलतामा पुग्न सकिने जनाउनुभयो । गोल्यानले नेपालमा मह, जडिबुटी र अचार लगायतको उत्पादन गरेर त्यसलाई ब्राण्ड गरेर बेच्न सके त्यसको सम्भावना निकै रहेको बताउनुभयो ।