१८ माघ, २०८१ शुक्रबार

02:39:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी (विज्ञापनसहित)

२६ भदौ, २०७९

सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी (विज्ञापनसहित)

काठमाडौं । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ ।

म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज (आइतबार) सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। म्यादिव प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ । त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन् ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् । साथै, निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप म्यादी प्रहरीलाई १ हजार रुपैयाँ र ३ सय रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलब्ध हुनेछ ।