१३ बैशाख, २०८१ बिहिबार

10:35:54 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘हरित अर्थतन्त्रमा आधारित विकासको ढाँचा अपनाउनुपर्छ’

Nepal Business

२५ भदौ, २०७९

विगत पाँच वर्षमा सबै स्थानीय तह, सात वटै प्रादेशिक सरकार र संघीय सरकारको प्रथामिकता भनेको भौतिक पूर्वाधार रहेकाले अबको बाटो भनेको हरित अर्थतन्त्रको भएको र कोभिड–१९ ले पनि हामीलाई त्यहीँ पाठ सिकाएर गएको उहाँको भनाइ थियो ।

‘हरित अर्थतन्त्रमा आधारित विकासको ढाँचा अपनाउनुपर्छ’

काठमाडौँ,
वन तथा वातावरणमन्त्री प्रदीप यादवले हरित अर्थतन्त्रमा आधारित विकासको ढाँचा अपनाउनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल उद्योग परिसङ्घले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ कार्यक्रममा उहाँले हरित अर्थतन्त्रमा आधारित विकासको ढाँचा अपनाएर न्यून वातावरणीय क्षतिमा विकास कसरी गर्न सकिन्छ भन्ने मोडल अपनाउनुपर्ने बताउनुभयो ।

“वातावरणीय पक्षलाई विचार गरेर भौतिक पूर्वाधार विकास गर्ने काम नै हरित विकासको आधार हो, हामीले हरित अर्थतन्त्रमा आधारित विकासको ढाँचा अपनाएर न्यून वातावरणीय क्षतिमा विकास कसरी गर्न सकिन्छ भन्ने सोचका साथ अगाडी बढ्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो”, “यसरी विकास गर्दा हाम्रो वातावरण पनि संरक्षित रहन्छ र विकास पनि आफ्नो गतिका साथ् अगाडि बढी बढ्छ ।”

विगत पाँच वर्षमा सबै स्थानीय तह, सात वटै प्रादेशिक सरकार र संघीय सरकारको प्रथामिकता भनेको भौतिक पूर्वाधार रहेकाले अबको बाटो भनेको हरित अर्थतन्त्रको भएको र कोभिड–१९ ले पनि हामीलाई त्यहीँ पाठ सिकाएर गएको उहाँको भनाइ थियो ।

भौतिक पूर्वाधार विकास मानव सभ्यता र आर्थिक समृद्धिको पूर्वशर्त भएको र मानव जीवनलाई छिटो, छरितो, सरल र सहज तथा सभ्य तथा सम्पन्न बनाउनका लागि भौतिक पूर्वाधारको अहम भूमिका रहेको मन्त्री यादवले बताउनुभयो ।