३१ बैशाख, २०८१ सोमबार

02:52:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

Nepal Business

२५ भदौ, २०७९

अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताउनुभएको छ ।

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको विरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचनमा गठबन्धनको सवै षडयन्त्रलाई चिर्दै एमालेले बहुमति ल्याउने दावी पनि गर्नुभयो । अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उहाको भनाई छ ।

त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केहि स्थानमा केहि दलहरुसंग चूनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राख्नुभयो । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापीत गरेको जिकिर गर्नुभयो ।

पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका बिषयमा देखिएको कमिकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राख्नुभयो ।