३१ बैशाख, २०८१ सोमबार

10:24:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न सक्दैनन्ः प्रकाशमान सिंह

Nepal Business

२५ भदौ, २०७९

दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न सक्दैनन्ः प्रकाशमान सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाण्डौंको बानेश्वरमा कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताउनुभयो ।

उहाँले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उहाले बताउनुभयो । नेता सिंहले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनुबाट रोक्नुपर्नेमा जोड दिँदै त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्ने बताउनुभयो । 

नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउन कांग्रेसले गठबन्धन बनाएर काम गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचन जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरि सम्पन्नताको अभियानमा लैजाने समेत धारणा राख्नुभयो ।