२६ जेठ, २०८२ आइतबार
12:06:55 AM
२५ भदौ, २०७९
काठमाण्डौैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले शनिबार बिहान काठमाण्डौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नुभएको छ।
महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।