९ मंसिर, २०८१ आइतबार

12:18:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारमा अझै १ लाख २० हजार लिटर दूध अभाव, उत्पादन बढाउने कार्यक्रम ल्याउन डेरी उद्योगीको माग

Nepal Business

२४ भदौ, २०७९

डेरी उद्योग सङ्घले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ ।

बजारमा अझै १ लाख २० हजार लिटर दूध अभाव, उत्पादन बढाउने कार्यक्रम ल्याउन डेरी उद्योगीको माग

काठमाडौँ,

डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । 

अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । 

अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । 

यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ ।  

डेरी उद्योग सङ्घले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ । 

यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो ।  

 सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कर तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व सङ्कलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।