१५ चैत, २०८० बिहिबार

02:12:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

Nepal Business

२४ भदौ, २०७९

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

काठमाण्डौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित विषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।
उक्त कार्यक्रमको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गर्नुभयो ।  

ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ ।

उक्त्त प्रतियोगिताको पहिलो चरणमा १५ असोज शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पुस १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल [email protected]मा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा माघ १गतेका दिन गरिनेछ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथितथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाण्डौं  महानगरपालिका अन्तर्गत वडा न १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चीनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको उपस्थिति थियो ।