३१ बैशाख, २०८१ सोमबार

08:33:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाराले मात्रै विकासको सपना पुरा हुँदैनः प्रकाशमान सिंह

Nepal Business

२४ भदौ, २०७९

नाराले मात्रै विकासको सपना पुरा हुँदैनः प्रकाशमान सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पुरा नहुने बताउनुभएको छ । 

शुक्रबार काठमाण्डौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पुरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गर्नुभयो । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाण्डौंमा क्षेत्र नंवर १ ले देखाएको दावी गर्नुभयो । 

उहाँले समूदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राख्नुभयो । नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।