८ बैशाख, २०८१ शनिबार

04:13:42 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकको विकासमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुन्छ : कृषिमन्त्री यादव

Nepal Business

२३ भदौ, २०७९

नेपालस्थित इजरायली राजदूत हनान गोदरले विविधतायुक्त हावापानी रहेको नेपालमा कृषि क्षेत्रको विकासमा ठूलो सम्भावना रहेको बताउँदै आफ्नो मुलुकले यहाँका कृषकलाई विभिन्न तालिम उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको विकासमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुन्छ : कृषिमन्त्री यादव

कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार यादवले मुलुकको समग्र विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र इजरायली राजदूतावासले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषि तथा पशुपालनको विकास गरी मुलुकलाई त्यस क्षेत्रमा आत्मनिर्भर बनाउन सकेमा देशको विकास तथा समृद्धि कायम हुने बताउनुभयो ।

उहाँले कृषि ज्ञान, कृषकको सीप विकासका लागि इजरायली दूतावासलगायत अन्य संस्थाले उपलब्ध गराएको तालिमको सराहना गर्दै वैदेशिक रोजगारीमा गएका जनशक्तिले पनि स्वदेशमा फर्केर कृषि क्षेत्रको विकासमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कृषि सचिव गोविन्द शर्माले कृषि क्षेत्रमा आधारित अर्थतन्त्रको विकास गरी कृषकलाई सशक्तीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।