१८ माघ, २०८१ शुक्रबार

03:52:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० दिनभित्र बहाल कर तिर्न नेपाल आर्मी, प्रहरी र समाजकल्याण परिषदलाई काठमाडौं महानगरपालिकाको पत्र

२३ भदौ, २०७९

१० दिनभित्र बहाल कर तिर्न नेपाल आर्मी,  प्रहरी र समाजकल्याण परिषदलाई काठमाडौं महानगरपालिकाको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल आर्मीको केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय र समाज कल्याण परिषदलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

तीन वटै कार्यालयहरुले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकामा हालसम्म पनि नबुझएको हुँदा तहाँको बहाल आम्दानीको विवरण सहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्वन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरपालिकाले जारी गरेको पत्रमा भनिएको छ ।