२९ बैशाख, २०८१ शनिबार

08:17:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नवनिर्वाचित सभापतिहरुद्वारा शपथ ग्रहण

Nepal Business

२३ भदौ, २०७९

नवनिर्वाचित सभापतिहरुद्वारा शपथ ग्रहण

काठमाण्डौं । राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ गराउनुभएको हो । 

चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उहाँहरुलाई निर्विरोध सभापति चयन गरेको थियो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिनुभएको हो ।