१८ माघ, २०८१ शुक्रबार

03:42:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Nepal Business

२३ भदौ, २०७९

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाण्डौं । बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका काठमाण्डौं महानगरपालिका २६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका ८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाण्डौं गोंगबुबाट र नबिनलाई काठमाण्डौं महानगरपालिका ११ थापाथलीबाट पक्राउ गरेको हो । 

पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए । 

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।