२१ बैशाख, २०८१ शुक्रबार

06:33:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नरैनापुरको विषयमा मन्त्री अथकद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल, राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह

Nepal Business

२३ भदौ, २०७९

नरैनापुरको विषयमा मन्त्री अथकद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल, राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गर्नुभएको हो । 

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको व्यवस्था गर्न उर्जा मन्त्री भुसालसँग माग गर्नुभएको छ  ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाई आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको व्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताउनुभएको थियो । 

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । 

यसैबीच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गर्नुभएको हो ।