१८ माघ, २०८१ शुक्रबार

03:46:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवैध संरचनालाई वैध बनाउन महानगरले दियो ९० दिनको समय

Nepal Business

२३ भदौ, २०७९

अवैध संरचनालाई वैध बनाउन महानगरले दियो ९० दिनको समय

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाभित्र अवैध संरचनालाई वैध बनाउन महानगरले ९० दिनको समय दिएको छ ।

बिहीबार सूचना जारी गर्दै नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्ने मौका दिएको छ । 

महानगरका अनुसार सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न’ अनुरोध गर्दै महानगरपालिकाले सूचना प्रकाशित गरेपछि त्रसित बनेका महानगरपालिका भित्रका घरधनीहरुलाई राहत मिलेको छ । 

पछिल्लो दुइहप्तादेखि महानगरपालिकाले आक्रामक शैलीमा नक्सा पास नभएका संरचनाहरु भत्काइ रहेको छ ।