१३ बैशाख, २०८१ बिहिबार

12:06:01 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली स्वादमा अमेरिकी नाटक ‘बाह्र दुर्वासा’

Nepal Business

२२ भदौ, २०७९

यसअघि समेत थिएटरले देखाएका नाटकले दमकमा क्रमिकरूपमा नाटकसँगै सिर्जनशीलताको विकास गर्दै आएको वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराईले जानकारी दिनुभयो ।

नेपाली स्वादमा अमेरिकी नाटक ‘बाह्र दुर्वासा’

गौरादह, 

विश्वप्रसिद्ध अमेरिकी नाटक ‘टुवेल्भ एङ्ग्रीमेन’ को नेपालीकरण ‘बाह्र दुर्वासा’ नाटकले पूर्वी नेपालका रङ्गमञ्च पारखीहरूको मन जित्दै गएको छ । 

झापाको दमकस्थित कदम थिएटरले यो नाटक भदौ १० गतेदेखि मञ्चन गरिरहेको छ । भदौ २६ गतेसम्म दैनिक मञ्चन हुँदै आएको नाटक विद्यार्थी तथा कर्मचारीका लागि लक्षित गरी शुक्रबार र शनिबार दिउँसोसमेत देखाइने गरेको नाटकका निर्देशक सिजन दाहालले जानकारी दिनुभयो ।

दमकको वडा नं ९ स्थित निर्मार्णाधीन स्थलमा बनाइएको अस्थायी टहरालाई नाटकघरको स्वरूप दिएर यो नाटक देखाउन थालिएको हो । 

यसअघि समेत थिएटरले देखाएका नाटकले दमकमा क्रमिकरूपमा नाटकसँगै सिर्जनशीलताको विकास गर्दै आएको वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराईले जानकारी दिनुभयो ।

 रेगाल्ड रोजको कथालाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गर्नुभएको हो । यसअघि मण्डला थिएटरमा पनि मञ्चन भइसकेको नाटकलाई स्थानीयकरण गरी सिजन दाहालले निर्देशन गर्नुभएको हो ।

नाटकमा व्यावसायिकरूपमा कलाकारितामा अभ्यस्त नभएकाहरू पात्रको रूपमा उभिएका छन् । नाटकमा दमक नगरपालिकाका पूर्वनगरप्रमुख रोमनाथ ओलीको चरित्रले ध्यान खिचेको छ । उहाँको अभिनय पनि व्यावसायिक कलाकारको भन्दा कम नदेखिएको नाटक हेरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । 

काठमाडौँको तुलनामा स्रोत साधन, नाटकघर, बिजुली, सजावट, कलाकार आदिको अभावका बीच पनि उत्कृष्ट नाटक हेर्न पाएको उहाँले बताउनुभयो । चुनावी माहोलको व्यस्त समयमा पनि नाटक हेर्नकै लागि काँकडभिट्टाबाट दमकसम्म आएको महामन्त्री शर्माले जनाउनुभयो । 

दशकौँ चलचित्रमा खलनायकको अभिनय गरेर स्थापित हुनुभएका हेमन्त बुढाथोकीको अभिनयसँगको कारुणिक दृश्यले नाटकको बिट मार्दा धेरैका परेला भिज्ने गरेका छन् । नाटक हेरेपछि अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित तामाङले नाटक अवधिभरि आफूलाई पात्र, विषय र प्रस्तुतिले बाँधेर राखेको प्रतिक्रिया दिनुभयो । 

कलाकार र रङ्गकर्मीहरूको यो प्रयासलाई स्थायी बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने र आफूहरूले पनि ध्यान दिने नेताहरु शर्मा तथा तामाङले बताउनुभयो । 

नाटकमा अनुभवी कलाकारहरु जीवन बराल, मौसम राना, सुवास खरेल, बलु राईसँगै सन्तोष दुलाल, राजेन्द्र अधिकारी, सुमन लिङ्देनलगायतको पनि अभिनय छ ।

यस्तै थिएटरका पूर्णकालीन कलाकार मनिक शङ्कर, सुजन भण्डारी, नवीन रिजाल पनि मञ्चमा उत्रिएका छन् ।