१८ माघ, २०८१ शुक्रबार
03:32:17 PM
२२ भदौ, २०७९
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति प्राप्त गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।