१८ माघ, २०८१ शुक्रबार
03:34:04 PM
२२ भदौ, २०७९
काठमाडौं । अर्थमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्नुभएको छ । बुधबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताउनुभएको छ । पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले आफु संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको बताउनुभयो ।
त्यस्तै, शर्माले अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न नसक्ने भएकाले आफुले नेतृत्वको आलोचना गरेको उहाँले बताउनुभयो ।