१८ माघ, २०८१ शुक्रबार

03:38:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन्दीप लामिछानेविरूद्ध किशोरी बलात्कारको उजुरी, अभियोग पुष्टि भए १२ वर्षसम्म जेल सजाय हुनसक्ने

२२ भदौ, २०७९

सन्दीप लामिछानेविरूद्ध किशोरी बलात्कारको उजुरी, अभियोग पुष्टि भए १२ वर्षसम्म जेल सजाय हुनसक्ने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा उजुरी परेको छ ।  मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।

लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी हुन् । पीडित किशोरीले कप्तान लामिछाने आफुलाई भदौ ५ गते बलात्कार गरेको बताएकी छिन् ।

आफू सन्दिपको फ्यान भएको र आफुहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको पीडितको भनाइ छ । भदौ ५ गते काठमाडौँको एक होटलमा ती किशोरीमाथि लामिछानेले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

आफूलाई मद्यपान गराई त्यस रात पटकपटक आफूमाथि बलात्कार गरेको पीडितले बताएकी छिन् ।  मंगलबार ती बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ। सन्दीप यतिबेला क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् ।

सन्दीपविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा छलफल गरिरहेको छ ।  

सन्दिप लामिछानेमाथि लागेको अभियोग पुष्टि भएमा बलात्कार गरेको अभियोगमा मात्रै उनलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।