१८ माघ, २०८१ शुक्रबार

03:39:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रालयले बढायो वाणिज्य बैंकले स्थानीय सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सीमा (पूर्णपाठसहित)

Nepal Business

२२ भदौ, २०७९

अर्थमन्त्रालयले बढायो वाणिज्य बैंकले स्थानीय सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सीमा  (पूर्णपाठसहित)

काठमाण्डौं । वाणिज्य बैंकले स्थानीय सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सीमा अर्थमन्त्रालयले लम्ब्याएको छ । अर्थमन्त्रालयले सो सीमा लम्भाउदै ६ महिना थप गरी पुससम्म पु¥याइएको हो।

मन्त्रालयका अनुसार वाणिज्य बैंकले चालु वर्षको पुस महिनासम्म स्थानीय सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएको छ । अर्थ मन्त्रालयले यो सुविधालाई ६ महिनाका लागि थप गरेको हो । 

गत आर्थिक वर्ष २०७८÷७९ मा तरलता प्रवाह सहज गर्न भन्दै निक्षेपमा गणना गर्न पाउने सीमा ८० प्रतिशत बनाइएको थियो । 

मन्त्रालयले चालु वर्षको ४५ दिनको कार्यप्रगति समेत सार्वजनिक गरेको छ । कार्यप्रगतिमा बजेट कार्यान्वयनका लागि अर्थले सबै मन्त्रालयलाई बजेट कार्ययोजना मार्गदर्शन पठाइसकेको छ ।

यस्तै संघ र प्रदेशमा हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरिसकेको छ । यो अवधिमा मन्त्रालयले विद्युत प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पु¥याउन सहमति दिएको छ । 

यसैगरी १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै करदातालाई विद्युतीय प्रणालीबाट बिजक जारी गर्ने व्यावस्था मिलाएको छ ।