३० बैशाख, २०८१ आइतबार

02:38:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आस्थाका आधारमा कर्मचारीको सरुवा गरेकोमा एमालेको आपत्ती

Nepal Business

२२ भदौ, २०७९

आस्थाका आधारमा कर्मचारीको सरुवा गरेकोमा एमालेको आपत्ती

काठमाण्डौं । सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरि आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगाएतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकुल हुने गरि सरुवा गर्ने काम भएको भन्दै आपत्ती जनाउनुभएको हो ।

उहाँले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गर्नुभयो । काम चलाउ सरकारको रुपमा रहेको सरकारले धमाधम दूरगामी महत्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गर्नु उचित नभएको उहाँको भनाई छ । 

उहाँले स्थानीय तहको निर्वाचनमा जस्तै अवको निर्वाचनमा पनि कुनै प्रकारको हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो । उहाले मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गर्नुभयो ।