२९ बैशाख, २०८१ शनिबार

01:56:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता

Nepal Business

२२ भदौ, २०७९

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता

काठमाण्डौं । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक–एक जनाको मात्र उम्मेदवारी परेका कारण सवै सर्वसम्मत भएका छन् । 

यद्धपी बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेद्वारी दिनुभएको छ ।

उहाँको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहनुभएको छ । त्यस्तै विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिनुभएको छ ।

उहाँको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहनुभएको छ । त्यस्तै प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्माले उम्मेदवारी दिनुभएको छ भने उहाँको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहनुभएको छ । 

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलले उम्मेद्वारी दिनुभएको छ । उहाँको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहनुभएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिनुभयो ।

उहाँले बिहीबार बस्ने उक्त समितिको बैठकले सभापति चयन गर्ने बताउनुभयो । चार समिति मध्ये विधायन नेकपा एकीकृत समाजवादी, दिगो विकास कांग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा एमालेले लिएको छ ।