१४ फागुन, २०८१ बुधबार

04:27:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ११ जना सवारी चालक कारवाहीमा

Nepal Business

२२ भदौ, २०७९

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ११ जना सवारी चालक कारवाहीमा

काठमाण्डौं । उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाण्डौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाही गरेको हो । 

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । 

कारवाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।