१४ बैशाख, २०८१ शुक्रबार

09:49:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१७ ठुला संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौँ महानगरको ताकेता

Nepal Business

२१ भदौ, २०७९

मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उहाँले बताउनुभयो

१७ ठुला संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौँ महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।

खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघरसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको छ ।

खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघरसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको छ ।

महानगरपालिका राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताउनुभयो ।

मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उहाँले बताउनुभयो ।