१८ माघ, २०८१ शुक्रबार
03:46:38 PM
२१ भदौ, २०७९
छलफलका क्रममा बजेटमा आएको निर्यात अनुदान कार्यविधि संशोधन नभएकोमा भने निजी क्षेत्रले मन्त्रालय माथि प्रश्न गरेको थियो। जवाफमा अर्थमन्त्री शर्माले कार्यविधि संशोधनको काम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिरहेको र आवश्यक सुझावका लागि आग्रह गरेका छन्।
काठमाडौं।
निर्यात प्रवर्द्धन गर्न अर्थमन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ। निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुलाई बोलाएर मन्त्रालयले छलफल गरेको हो।
निर्यात बढाउने गरी बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रसँग छलफल गरेका हुन्। मन्त्रालयमा भएको छलफलमा निर्यात प्रवर्द्धनको विषयमा अर्थमन्त्रालय र निजी क्षेत्रले खेल्ने भूमिकाका विषयमा छलफल भएको थियो।
निर्यात बढाउने गरी बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रसँग छलफल गरेका हुन्। मन्त्रालयमा भएको छलफलमा निर्यात प्रवर्द्धनको विषयमा अर्थमन्त्रालय र निजी क्षेत्रले खेल्ने भूमिकाका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा बजेटमा आएको निर्यात अनुदान कार्यविधि संशोधन नभएकोमा भने निजी क्षेत्रले मन्त्रालय माथि प्रश्न गरेको थियो।
जवाफमा अर्थमन्त्री शर्माले कार्यविधि संशोधनको काम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिरहेको र आवश्यक सुझावका लागि आग्रह गरेका छन्।
छलफलमा सहभागी गोल्डस्टार सुजको मार्केटिङ र ब्राण्डिङ डाइरेक्टर बिदुषी राणाले निर्यात उद्योगको चुनौति पछिल्लो दिनमा बढ्दो गएको बताउनुभयो । गोल्डस्टारले विगतमा दुई अर्ब रुपैयाँसम्मको निर्यात गर्न सफल भएको थियो। पछिल्लो दिनमा यसमा निकै गिरावट आएको छ।
यसो हुनुमा उद्योगको उत्पादन लागत बढ्नु हो, राणाले भन्नुभयो, सरकारले निर्यातमा दिने भनेको ८ प्रतिशत अनुदान अझै कार्यान्वयन गर्न नसकेकाले अझै अफ्ट्यारो थपिएको छ।
यस्तै, मन्त्रालयका सचिवहरुलाई कार्यविधि झन्झटिलो नबनाउन निजी क्षेत्रका प्रतिनिधिहरुले आग्रह गरेका छन्। निर्यात प्रवर्द्धनसम्बन्धी कार्यक्रम भएपनि उद्योगीहरुले भने आयात प्रतिबन्धको विषयमा पनि कुरा उठाएका थिए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, गोल्डस्टार सुजको मार्केटिङ र ब्राण्डिङ डाइरेक्टर बिदुषी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेस अग्रवाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको सहभागी थियो।