२९ बैशाख, २०८१ शनिबार

12:23:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनेरास्ववियूद्वारा ‘रिभोलुसनरी फोर्स’को घोषणा

Nepal Business

२१ भदौ, २०७९

अनेरास्ववियूद्वारा ‘रिभोलुसनरी फोर्स’को घोषणा

काठमाण्डौं । पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाण्डौंमा  ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो । 

रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाण्डौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो ।

फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापित गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापीत गराउन फोर्सले काम गर्ने बताउनुभयो । 

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ ।