१८ माघ, २०८१ शुक्रबार

03:28:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत

Nepal Business

२१ भदौ, २०७९

राष्ट्रियसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत

काठमाण्डौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 
मंगलबार राष्ट्रियससभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका उक्त विधेयकलाई सर्वसम्म  स्वीकृत गरिएको हो । विधेयकको  विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राख्नुभएको थियो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रतिनिधिसभाको आर्थिक समितिमा सरोकारवालासँग छलफल भई पारित भएको र प्रतिनिधिसभाले पनि पारित गरेको यो विधेयकलाई बढी व्यावहारिक र समयसापेक्ष बनाउने गरी ल्याइएको बताउनुभयो । 

सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले देशको द्रुत आर्थिक विकास, आर्थिक स्थायित्व कायम गर्नका लागि सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा म्रौद्रिक नीतिबीच समञ्जस्यता कायम गर्न विधेयक ल्याइएको उहाँले बताउनुभयो । 

अर्थमन्त्री शर्माले यस विधेयकले ऋण लिने प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाएको, वैदेशिक ऋण नेपाल सरकारले मात्रै लिने व्यवस्था गरिएको बताउनुभयो ।