१८ माघ, २०८१ शुक्रबार

03:40:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय सभामा पेश भयो बीमा विधेयक

२१ भदौ, २०७९

राष्ट्रिय सभामा पेश भयो बीमा विधेयक

काठमाडौं । बीमा बिधेयक राष्ट्रिय सभामा पेश भएको छ । आज (मंगलबार) बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाले सन्देशसहित पारित गरेको बीमा विधेयक पेश गर्नुभएको हो । साथै अर्थमन्त्रीमा राष्ट्रिय सभा बैठकमा  सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । राष्ट्रिय सभा बैठकमा कारागार विधेयक २०७९ पारित भएको छ । बैंठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७९ बहुमतले पारित भएको हो ।

त्यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुन पारित गरियोस भन्ने प्रस्ताव पनि पारित भएको छ ।

बैठकमा कृषि मन्त्री मृगेन्द्र कुमार सिंहले प्रस्तुत गर्नुभएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते बोलाइएको छ ।