१८ माघ, २०८१ शुक्रबार
03:48:50 PM
२१ भदौ, २०७९
काठमाण्डौं । साढे १ अर्ब बढी लगानीमा जनकपुर एग्रो प्रालि खुल्ने भएको छ । धनुषामा कम्पनीले १ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ लगानीमा पोल्ट्री फार्मसँगै जैविक मल प्लान्ट र सीएनजी बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउने भएको हो ।
कम्पनी निर्माणका लागि कम्पनीले १ अर्ब १३ करोड ६३ लाख रुपैयाँ ऋण लिएको जनाएको छ । । विशेषगरी अण्डा, लेयर्स र मल बिक्री वितरण गर्ने गरी उद्योग निर्माण भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीअनुसार सन् २०२२ को जुन मध्यसम्ममा कम्पनीको भौतिक प्रगति ६० प्रतिशत भएको छ भने ४८ प्रतिशत आर्थिक प्रगति भएको छ । कम्पनीले सन् २०२३ को अक्टोबरसम्ममा सञ्चालनमा ल्याउने जनाएको छ । खिलुङ कालिका एग्रो प्रालि तथा जनकपुर एग्रोमा पूर्ण स्वामित्व रहेको कम्पनीको खुमाप्रसाद अर्याल अध्यक्ष हुनुहुन्छ भने शोभाकान्त ढकाल व्यवस्थापन निर्देशक हुनुहुन्छ ।
खिलुङ कालिका एग्रोले विगत ५ वर्षदेखि पोल्ट्रि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा मासुको उत्पादन ५४.६ प्रतिशत अर्थात् ५ लाख ५२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै, वार्षिक १ अर्ब ४९ करोड वटा अण्डा उत्पादन हुन्छ ।
पछिल्लो समय नेपालमा वार्षिक मासुको उत्पादन ३.५३ प्रतिशतले वृद्धि भएको छ भने सन् २०२२ को ८ महिनाको अवधिमा १ अर्ब ९ करोड अण्डा उत्पादन भएको जनाएको छ।
सरकारले पोल्ट्रीको संरक्षण तथा आत्मनिर्भर बन्नका लागि विभिन्न देशबाट आयात हुने कुखुराजन्य वस्तुमा प्रतिबन्ध लगाएको छ । जनकपुर एग्रो सन् २०१८ को सेप्टेम्बरबाट कम्पनी निर्माण शुरु भएको थियो ।