३० बैशाख, २०८१ आइतबार

04:04:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अबको १० वर्षमा मुलुकलाई दक्षिण एशियाकै धनी राष्ट्र बनाउने गरी काम गर्छौँः सञ्चारमन्त्री कार्की

Nepal Business

२१ भदौ, २०७९

अबको १० वर्षमा मुलुकलाई दक्षिण एशियाकै धनी राष्ट्र बनाउने गरी काम गर्छौँः सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको १० वर्ष मुलुकलाई दक्षिण एशियाकै धनी राष्ट्र बनाउने गरी आफूहरुले काम गर्ने बताउनुभएको छ ।

मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँगको भेटमा सञ्चारमन्त्री कार्कीले नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन अबको १० वर्षमा काम गर्ने बताउनुभएको हो । 

मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन बनेको पनि उहाँले बताउनुभयो। उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सिट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले हुने जानकारी दिनुभयो ।