१८ माघ, २०८१ शुक्रबार
03:37:14 PM
२० भदौ, २०७९
काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नभन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।
सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।
सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिए लगत्तै उनलाई रिहा गरिएको हो । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको सार्वजनिक गरेको थियो ।
शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो ।