४ जेठ, २०८१ शुक्रबार

08:17:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ महिनामा करिब ८ अर्ब राजस्व संकलन

५ माघ, २०७८

 ६ महिनामा करिब ८ अर्ब राजस्व संकलन

काठमाण्डौं
चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा १०८.९ प्रतिशत राजस्व असुल्न सफल भएको हो । 

पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताउनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उहाँको भनाइ छ ।

कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ ।  वार्षिक लक्ष्यको तुलनामा छ महिनामा ५१.६८ प्रतिशत राजस्व असुली भएको भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिनुभयो ।

कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ ।  वार्षिक लक्ष्यको तुलनामा छ महिनामा ५१.६८ प्रतिशत राजस्व असुली भएको भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिनुभयो ।

साउनको मासिक लक्ष्य  ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८.११ प्रतिशत बढी हो । भदौमा कार्यालयले १ अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा १अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७.६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

असोजमा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । असोजको लक्ष्य भने १ अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महिनाको लक्ष्य १ अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि  १ अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८.६१ प्रतिशत राजस्व असुली गरेको छ । 

मङ्सिर महिनामा कार्यालयले १ अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि १ अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । पुस महिनामा १ अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा १ अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात १०१.८८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री रहेका छन् ।