१८ माघ, २०८१ शुक्रबार
05:40:50 PM
२० भदौ, २०७९
काठमाण्डौं । प्रहरी हिरासतमा रहनु भएका गरुड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँडले निदेशन दिनुभएको छ ।
सोमबार गृहमन्त्री खाँणले काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण उहाँ थुनामा पर्नुभएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।