१३ बैशाख, २०८१ बिहिबार

04:47:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल आरोहणका लागि २३७ जनाले लिए अनुमति, रोयल्टी संकलन कति ?

Nepal Business

२० भदौ, २०७९

हिमाल आरोहणका लागि २३७ जनाले लिए अनुमति, रोयल्टी संकलन कति ?

काठमाण्डौं । नेपालमा विभिन्न हिमाल आरोहणका लागि २३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा १८३ जना पुरुष र ५४ जना महिला रहेका छन् । जसबाट २ करोड ९० लाख १४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

यस वर्षको शरद याममा विभिन्न १९ देशका २५ वटा टीमले हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ । 

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि २१४ जनाले अनुमति लिएका छन् । २१४ जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिदा २ करोड ४५ लाख सात हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । 

सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका पाँच जनाबाट ३५ लाख ३ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । हिमलुङ हिमालका लागि सात जनाले अनुमति लिँदा २ लाख २२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । 

यस्तै धौलागीरी हिमाल आरोहणमा लागि पाँच जनाले अनुमति लिँदा ५ लाख ७३ हजार ५२५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

नुप्सेका लागि पनि पाँच जनाले अनुमति लिँदा एक लाख ९१ हजार र हिमाल शारीबुङ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिँदा १५ हजार ८७७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।