१४ बैशाख, २०८१ शुक्रबार

04:28:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै मुख्यमन्त्री पोखरेल

Nepal Business

१९ भदौ, २०७९

विषेशगरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै  मुख्यमन्त्री पोखरेल

गण्डकी, 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताउनुभएको छ । 

आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुआत कार्यक्रममा उहाँले प्रतिष्ठानको छुट्टै महत्व रहेको बताउनुभयो । 

प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गर्नुभयो । प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उहाँले सुनाउनुभयो । 

यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले सुरुआती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उहाँको भनाइ थियो । 

प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरिरहे पनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिनुभयो । 

कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताउनुभयो । 

सोही अवसरमा प्रतिष्ठानले अन्तरतहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताउनुभयो । 

सोही अवसरमा प्रतिष्ठानले अन्तरतहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताउनुभयो । 

विषेशगरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उहाँले जानकारी दिनुभयो । 

पहिलो वर्ष चार हजार नौ सय २७ र दोस्रो वर्ष छ हजार आठ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उहाँले बताउनुभयो ।