८ मंसिर, २०८१ शनिबार

05:16:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्डको उद्घाष : चुनावपछि आफ्नै नेतृत्वमा सडक संघर्ष

Nepal Business

१९ भदौ, २०७९

अध्यक्ष प्रचण्डले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।”

प्रचण्डको उद्घाष : चुनावपछि आफ्नै नेतृत्वमा सडक संघर्ष

काठमाडौँ,
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गर्नुभएको छ । 

काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो ।

काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।”  

संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेर भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ । 

उहाँले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भन्नुभयो । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उहाँले बताउनुभयो । उहाँले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताउनुभयो । 

उहाँले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो ।

 यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताउनुभयो । उहाँले रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक धु्रवीकरणको स्थिति देखा परेको बताउनुभयो । 

यो अवस्थामा कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेको र यसले सामान्य रुपमा हेर्दा तत्काल असर हुने देखिएला तर यसले भने कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।

यस्तो अवस्थामा राज्यले पनि कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । तर अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो ।