१८ माघ, २०८१ शुक्रबार

05:42:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा सामान्य सुधारदेखि भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुकसम्म

१९ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा सामान्य सुधारदेखि भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुकसम्म

१) सेयर बजारमा सामान्य सुधार

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें ले शुक्रबारको कारोबार हटाउने निर्णय गरेसँगै आइतबार सेयर बजारमा सुधार देखिएको हो । केही साता यता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । यस दिन  २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आएपनि कारोबार रकम भने खुम्चिरहेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ११३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज रु रु जलविद्युत्त कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

२) सरकारले समयमै होसियारी अपनाएका कारण देश श्रीलंका हुनबाट जोगियोः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले  सरकारले समयमै होसियारी अपनाएका कारण देश श्रीलंका हुनबाट जोगिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभासाधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरकारले अपनाएको नीतिका कारण मुलुक श्रीलंका हुनबाट जोगिएको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको र अर्थतन्त्र सबल हुँदै जाने बताउनुभएको छ । शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो ।

तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने समेत जिकिर गर्नुभयो ।

३) चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बिमा कम्पनीहरुले कमाए १५ अर्ब बढी बिमा शुल्क

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बिमा कम्पनीहरुले  १५ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन्। बिमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बिमा कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 वित्तीय विवरण अनुसार साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा कुल ४ अर्ब ७७ करोड ३६ लाख बिमा शुल्क आर्जन गरेको छ ।

 दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले यो अवधिमा १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको साउन महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी एसियन लाइफ इन्स्योरेन्सले यो अवधिमा ७० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सुर्या लाइफ इन्स्योरेन्सले ५४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले  बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ मात्रै कुल बिमा शुल्क आर्जन गरेको हो ।

४) नयाँ स्टक एक्सचेञ्जको लागि बोर्डले गर्यो नियमावली संशोधन, चुक्ता पूँजी ३ अर्ब

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन प्रस्ताव स्वीकृत गरेको छ । बोर्डको गत बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ लाई संशोधन गर्दै अर्थ मन्त्रालय पठाएको हो ।

संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यन्वयन हुनेछ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँनयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बोर्डले गर्यो नियमावली संशोधन, चुक्ता पूँजी ३ अर्ब प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज) को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो । संशोधित नियमावलीमा निजी क्षेत्रले पनि नयाँ स्टक खोल्न पाउने व्यवस्था गरिएको छ ।

५) असोजबाट शुक्रबारको सेयर कारोबार बन्द हुने

आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज महिनादेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेका अनुसार असोज महिनाको पहिलो शुक्रबार देखिनै सेयर कारोबार बन्द हुने छ । हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ। शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ।  विश्व बजारमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुने भएकोले नेपालमा पनि हप्तामा ५ दिन मात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका थिए ।

यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको छ । लगानीकर्ताहरुले शुक्रबारको कारोबार छिट्टै बन्द गर्न चौतर्फि दवाव दिइरहेका थिए ।

६) ७ दिनभित्र कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर बुझाउन  निर्देशन दिएको छ । आइतबार महानगरपालिकाले एक पत्र पठाउँदै होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल ¥याडिसनको क्यासिनो ¥याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न  निर्देशन दिएको हो ।

‘बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गरेपनि आ.व २०७५।०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ’, महानगरले पठाएको पत्रमा उल्लेख छ ।

७) ६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ। यसैगरी, राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०८० भदौ १९  गते परिपक्व हुनेछ।

उक्त ट्रेजरी बिलको भोलि (भदौ २० गते सोमबार) दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

८) सन् २०२२ को जनवरीदेखि अगष्टसम्म ३ लाख २६ हजार बढी पर्यटक नेपाल भित्रिए

विश्वभर फैलिएको कोरोना महामारीसँगै नेपालमा रोकिएको पर्यटकको आवागमन पुनः सुचारु हुन थालेको छ । नेपालमा पछिल्लो ८ महिनामा विभिन्न देशबाट ३ लाख २६ हजार बढी पर्यटन भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा नेपालमा सो संख्याका पर्यटक भित्रिएका हुन् । उक्त अवधिमा नेपाल मा  ३ लाख २६ हजार ६६७ जना पर्यटक घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका विभागले जनाएको छ ।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका र १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फ्रवुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ रहेको थियो भने नेपालबाट फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए । ६१ हजार ३५० जना पर्यटक स्वदेश फर्केका थिए ।

विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए ।  अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।

९) राजस्व चुहावटको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार उनीहरुले श्री जयदुर्गा ट्रेडर्समार्फत ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ राजस्व छली गरेको जनाइएको छ ।

जयदुर्गा ट्रेडर्सले मुल्य अभिवृद्धि कर तर्फ एक करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ कर छली गरेको आरोप लगाएको छ ।
मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसँग शतप्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

१०) भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक

भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको छ । बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको हो । बेलायत एक स्थान खस्किँदै छैटौं स्थानमा झरेको छ । ब्लुमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो । यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि पारेको हो। भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८ खर्ब ५४ अर्ब ७० करोड डलर छ। बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ। यस वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान छ।