१८ माघ, २०८१ शुक्रबार
05:56:23 PM
१९ भदौ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर बुझाउन निर्देशन दिएको छ । आइतबार महानगरपालिकाले एक पत्र पठाउँदै होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न निर्देशन दिएको हो ।
‘बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गरेपनि आ.व २०७५।०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ’, महानगरले पठाएको पत्रमा उल्लेख छ ।