३० बैशाख, २०८१ आइतबार

08:21:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजेन्द्र लिङ्देनले गरे प्रतिनिधिसभा सदस्य पद त्यागेको घोषणा

१९ भदौ, २०७९

राजेन्द्र लिङ्देनले गरे प्रतिनिधिसभा सदस्य पद त्यागेको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गरेको घोषणा गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै लिङदेनले प्रतिनिधि सभाको म्याद लम्वाउन खोजिएको भन्दै प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गर्नुभएको हो ।

उहाँले सांसदको रुपमा सदनमा उपस्थित नहुने र आफ्नो नाममा आउने तलबभत्ता सुविधा  रोक्न सभामुखसमक्ष आग्रह गर्नुभयो । संसदको आयु लम्वाउने अनैतिक काममा लाग्न आफ्नो अन्तरआत्माले नमानेको उहाँको भनाइ छ ।

त्यस्तै उहाँले कतिपय नीति निर्माणका क्रममा आफुलाई उपेक्षा गरेको जस्तो महशुस भएपनि संसदमा उपस्थित हुँदा अन्य सदस्यहरुबाट स्नेह र सद्भाव नै पाएको धारणा राख्नुभयो ।

यो कार्यकालको संसदमा अन्तिम पटक सम्बोधन गर्न लागेको भन्दै उहाँले आफूलाई रोष्टम प्रयोग गर्न दिन माग गरेपछि सभामुखले रोष्टम प्रयोग गर्न अनुमति दिनुभएको थियो ।