१८ बैशाख, २०८२ बिहिबार
10:47:28 AM
५ माघ, २०७८
काठमाण्डौं
सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । सहज भनेर पनि चिनिने कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आईडिया स्टुडियोको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन खुला गरिएको हो । सो आवेदन खुला भइसकेको र फागुन ५ गतेसम्म आवेदन दिन सकिने कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) कि डेपुटी टिम लिडर रिमा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरुलाई सम्बोधन गर्न उक्त फण्ड संचालन गरिएको उँहाले बताउनुभयो ।
नविनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकहरुले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याहरुको समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदकहरुको व्यवसायिक योजना नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिकरुपमा व्यवहारिक हुनुपर्ने उँहाले जानकारी दिनुभयो ।
सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख रुपैयाँको हुनेछ । जसमा सबैभन्दा ठुलो सहयोग राशी ५० लाख रुपैयाँसम्मको हुनेछ । यसरी छनौट गरिएका आवेदकले नगद रााशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्ने उँहाले बताउनुभयो ।
नेपाल कृषि बजार विकास कार्यक्रम फेज २ (एनएएमडीपी) सहजक बारेमा
सहज कार्यक्रम भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा छ । सहज परियोजना स्वीस सरकार विकास सहयोग एसडीसीको परियोजना हो र यसको कार्यान्वयन स्वीसकन्टयाक्ट (लीड एजेसीको) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम् विकास केन्द्र (सिप्रेड) ले संयुक्त रुपमा गर्दैछ ।
सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तिय एवम् प्राविधिक सहयोग उपलब्ध गराउँछ्र यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ । यो तिनीहरुलाई मूल्यअभिवृद्धि, आपूर्तिशृंखलामा आबद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलता बढाउने काम गर्नेछ ।
आइडिया स्टुडियो नेपालको बारेमा
आईडिया स्टुडियोले नविन एवंम सृजनात्मक सोचहरुलाई उद्योगमा परिणत गरी अन्ततनविन सामाजिक अभ्यासहरुबाट उद्यमशीलतालाई उजागर गरी सामाजिक परिवर्तन गर्ने काम गर्छ । यसले नव उद्यमीहरुलाई सल्लाह, प्रशिक्षण, परामर्श, नेटवर्कीङ र सम्भावित व्यवसायलाई विज लगानीको अवसर पनि प्रदान गर्दै आएको छ ।