२९ बैशाख, २०८१ शनिबार

07:38:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांसदको पद छाड्ने राजेन्द्र लिङ्देनको घोषणा

१९ भदौ, २०७९

सांसदको पद छाड्ने राजेन्द्र लिङ्देनको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पद छाड्ने घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोेल्दै लिङ्देनले मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलको संसदको आयु बढाउन खोजिएको भन्दै अव संसदबाट तलवभत्ता नलिने गरि सांसदको पद छाड्ने घोषणा गर्नुभएको हो ।

संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार कामचलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्वाउने काममा राप्रपाको समर्थन हुनै नसक्ने उहाँले बताउनुभयो ।

त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अवको निर्वाचनमा जनताले नयाँ बिकल्पका लागि राप्रपालाई रोज्ने दावी गर्नुभयो । उहाँले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

आगामी निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरै भन्दा धेरै सिट जित्नेगरि तयारी गर्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले कागजमा मात्रै पार्टीलाई ठूलो बनाउने काम नगर्न आग्रह गर्नुभयो ।