२९ बैशाख, २०८१ शनिबार

03:37:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आन्दोलनका कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सहयोग गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको आग्रह

१९ भदौ, २०७९

आन्दोलनका कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सहयोग गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गर्नुभएको हो ।

उहाँले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाउनुभयो । ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफु जानकार रहेको भन्दै उहाँले ऐन अघि बढाउदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राख्नुभयो । उहाँले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताउनुभयो ।

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनिय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कर्मचारीहरुले आफुहरुको वृद्दिविकासका लागि अन्य बिषयमा सरकारले विशेया ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केहि व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।