१४ बैशाख, २०८१ शुक्रबार

07:10:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन् २०२२ को जनवरीदेखि अगष्टसम्म ३ लाख २६ हजार बढी पर्यटक नेपाल भित्रिए

१९ भदौ, २०७९

सन् २०२२ को जनवरीदेखि अगष्टसम्म ३ लाख २६ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीसँगै नेपालमा रोकिएको पर्यटकको आवागमन पुनः सुचारु हुन थालेको छ । नेपालमा पछिल्लो ८ महिनामा विभिन्न देशबाट ३ लाख २६ हजार बढी पर्यटन भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा नेपालमा सो संख्याका पर्यटक भित्रिएका हुन् । उक्त अवधिमा नेपाल मा  ३ लाख २६ हजार ६६७ जना पर्यटक घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका विभागले जनाएको छ ।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका र १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ रहेको थियो भने नेपालबाट फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए । ६१ हजार ३५० जना पर्यटक स्वदेश फर्केका थिए ।

विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए ।

अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।