१८ माघ, २०८१ शुक्रबार
05:52:06 PM
१९ भदौ, २०७९
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार उनीहरुले श्री जयदुर्गा ट्रेडर्समार्फत ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ राजस्व छली गरेको जनाइएको छ ।
जयदुर्गा ट्रेडर्सले मुल्य अभिवृद्धि कर तर्फ एक करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ कर छली गरेको आरोप लगाएको छ ।
मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसँग शतप्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।