१८ माघ, २०८१ शुक्रबार
05:51:18 PM
१९ भदौ, २०७९
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण देश श्रीलंका हुनबाट जोगिएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभासाधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरकारले अपनाएको नीतिका कारण मुलुक श्रीलंका हुनबाट जोगिएको दाबी गर्नुभयो ।
उहाँले पछिल्लो समय रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको र अर्थतन्त्र सबल हुँदै जाने बताउनुभएको छ । शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो ।
तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने समेत जिकिर गर्नुभयो ।