१८ माघ, २०८१ शुक्रबार

05:39:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र लयमा फर्किने क्रममा रहेको अर्थमन्त्रीको भनाई

Nepal Business

१८ भदौ, २०७९

अर्थतन्त्र लयमा फर्किने क्रममा रहेको अर्थमन्त्रीको भनाई

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताउनुभएको छ । शनिबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २४औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्रमा सकारात्मक सुधार भइरहेको बताउनुभएको हो । 

यस्तै उहाँले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै जाने पनि बताउनुभयो । देशमा विप्रेषण (रेमिट्यान्स) बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने बताउनुभयो । 

यसैगरीे तरलता अभाव रहेको स्वीकार गर्दै उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।